काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानूनी लडाइँ लड्ने निर्णय गरेको छ । शनिवार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानूनी लड्ने निर्णय गरेको हो ।
नेपालको संविधानको धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्रीका लागि दाबी नपुग्ने ठहर राष्ट्रपति कार्यालयले गरेपछि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरिएको छ । संविधानको ठाडो उल्लंघन गर्दै प्रधानमन्त्री र राष्ट्रपतिबाट सुनियोजित षड्यन्त्र भएको ठहर बैठकले गरेको सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए ।
‘प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक काम हो, संविधानको ठाडो उल्लंघन हो, प्रधानमन्त्री र राष्ट्रपतिबाट सुनियोजित भएको षडयन्त्र हो,’ डा। महतले भने, ‘बहुमतसहित विपक्षी दलले दाबी पेश गर्दागर्दै रातारात विघटन गर्ने कामको निन्दा गरिएको छ, राजनीतिक र कानूनी लडाइँ लड्छौं ।’
अन्य राजनीतिक दलसँग सहकार्य गरेर आगामी कदम तय गरिने उनले बताए । कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्न सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्ने समेत डा। महतले जानकारी दिए ।
धारा ७६ (५) अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेश गरेका दाबीले विश्वासको मत पाउने आधार नभएको ठहर गर्दै राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री नियुक्त गरेन । त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?