काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानूनी लडाइँ लड्ने निर्णय गरेको छ । शनिवार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानूनी लड्ने निर्णय गरेको हो ।
नेपालको संविधानको धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्रीका लागि दाबी नपुग्ने ठहर राष्ट्रपति कार्यालयले गरेपछि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरिएको छ । संविधानको ठाडो उल्लंघन गर्दै प्रधानमन्त्री र राष्ट्रपतिबाट सुनियोजित षड्यन्त्र भएको ठहर बैठकले गरेको सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए ।
‘प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक काम हो, संविधानको ठाडो उल्लंघन हो, प्रधानमन्त्री र राष्ट्रपतिबाट सुनियोजित भएको षडयन्त्र हो,’ डा। महतले भने, ‘बहुमतसहित विपक्षी दलले दाबी पेश गर्दागर्दै रातारात विघटन गर्ने कामको निन्दा गरिएको छ, राजनीतिक र कानूनी लडाइँ लड्छौं ।’
अन्य राजनीतिक दलसँग सहकार्य गरेर आगामी कदम तय गरिने उनले बताए । कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्न सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्ने समेत डा। महतले जानकारी दिए ।
धारा ७६ (५) अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेश गरेका दाबीले विश्वासको मत पाउने आधार नभएको ठहर गर्दै राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री नियुक्त गरेन । त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै