काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको कार्यकारिणी समितिको बैठक निर्धारित समयमै हुने जनाएको छ ।
दुवै अध्यक्षको सहमतीमा बैठक यसअघि नै तोकिएको थियो । तर शुक्रबार अर्का अध्यक्ष महन्थ ठाकुरले विषम परिस्थितीलाई मध्यनजर गर्दै बैठक स्थगितको सूचना जारी गरेका थिए । यता अर्का अध्यक्ष महतोले शनिबार र आइतबारका लागि तोकिएको बैठक स्थगित नभएको र तोकिएकै समयमा हुने जनाएका हुन्।
उनले विज्ञप्तिमा भनेका छन्, ‘देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरुमा विचार–विमर्श गरि निष्कर्षमा पुग्नु पर्ने भएको हुँदा कार्यकारिणी समितिको बैठक राखिएको छ।
सो बैठक स्थगित नभएको हुनाले सम्पूर्ण पदाधिकारी एवम् केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई जानकारीसहित निर्धारित समय र स्थनमा उपस्थित हुन अनुरोध छ।’ बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’ : उपेन्द्र यादव
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव