राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो : काँगे्रस नेता रमेश लेखक

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, ०८ : ०५
राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो : काँगे्रस नेता रमेश लेखक

काठमाडौँ । कांग्रेस नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको मर्यादा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको बताएका छन् । 

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६९५० बमोजिम सरकार गठनका लागि दुवै पक्षका दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको विज्ञप्ति जारी गरेलगत्तै नेता लेखकले आपत्ति जनाएका हुन् । ‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन् । यिनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन,’ नेता लेखकले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका थिए । त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस