काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले आफ्नो राजनीतिक जीवनकै कठिन दिन आज भएको बताएका छन् । प्रधानमन्त्री दाबी गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर नगरेका भट्टराईले यस्तो बताएका हुन् ।
एमालेकै माधवकुमार नेपाल पक्षका भनिएका नेता भट्टराईले अन्तिममा देउवाको पक्षमा हस्ताक्षर नगर्ने निर्णय गरेका थिए । तर, वरिष्ठ नेता माधवकुमार नेपाल भने आफ्ना पक्षमा खुलेका २६ सांसदको हस्ताक्षर बोकेर देउवालाई साथ दिँदै राष्ट्रपति निवास पुगेका थिए ।
सोही प्रसंगलाई लिएर भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें इतिहासको कठोर मूल्याङ्कनमा खडा छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म अन्तिम मतदाता ! : योगेश भट्टराई
हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई
परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई
गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु : योगेश भट्टराई
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई