काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले आफ्नो राजनीतिक जीवनकै कठिन दिन आज भएको बताएका छन् । प्रधानमन्त्री दाबी गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर नगरेका भट्टराईले यस्तो बताएका हुन् ।
एमालेकै माधवकुमार नेपाल पक्षका भनिएका नेता भट्टराईले अन्तिममा देउवाको पक्षमा हस्ताक्षर नगर्ने निर्णय गरेका थिए । तर, वरिष्ठ नेता माधवकुमार नेपाल भने आफ्ना पक्षमा खुलेका २६ सांसदको हस्ताक्षर बोकेर देउवालाई साथ दिँदै राष्ट्रपति निवास पुगेका थिए ।
सोही प्रसंगलाई लिएर भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें इतिहासको कठोर मूल्याङ्कनमा खडा छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा