काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफू यहीँ बस्दाबस्दै मेरो हस्ताक्षर पहिल्यै कसरी आयो भनेर प्रश्न गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर लिएर शीतल निवास पुगेका नेता नेपालको हस्ताक्षर पहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष बुझाएका थिए । ओलीले बुझाएको हस्ताक्षरमा माधवकुमार नेपालले आफ्नो हस्ताक्षर देखेपछि उनले राष्ट्रपतिसमक्ष कसरी आफ्नो नाम पहिल्यै आएको भनेर प्रश्न गरेका थिए ।
यस प्रश्नमा राष्ट्रपतिले कुनै जवाफ नदिएको स्रोतको दाबी छ । नेता नेपालले पनि राष्ट्रपतिलाई संविधानले दिएको अधिकार प्रयोग गर्न आग्रह गरेका थिए । हस्ताक्षर बुझाउने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान बमोजिम अघि बढ्न आग्रह गरेका थिए । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीले संवैधानिक हिसाबले दाबी गर्नै नमिल्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा