बाघको आक्रमणबाट माडीमा एक युवा घाइते

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १७ : ४७
बाघको आक्रमणबाट माडीमा एक युवा घाइते

चितवन । बाघको आक्रमणबाट माडीमा एक युवा घाइते भएका छन् । यो घटनासंगै चितवनमा १५ दिनमानै बाघले मानिसलाई आक्रमण गरेको यो चौथो पटक हो ।

आज शुक्रबार २ः२० बजेको समयमा माडी न.पा.७ स्थित गौरीनगर सामुदायिक बनमा सोही वडाको गोपालनगर बस्ने बर्ष २५ का थमन बहादुर भुजेलाई बाघले आक्रमण गर्दा घाइते भएका छन् ।

भैसि चराउन गएका भुजेललाई एक्कासी बाघले आक्रमण गर्दा घाईते भई उपचारको लागी बघौडा हस्पिटलमा ल्याई उपचार भईरहेको र उनको टाउको र हातमा चोट लागेको प्रहरीको भनाई छ । हाल उनको अवस्था सामान्य रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस