काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउन तयार भएको छ । बुढानिलकण्ठ सभापति देउवा निवासमा आज बसेको पदाधिकारी बैठकमा महाअभियोगबारे छलफल भएको र कांग्रेस त्यसका लागि तयार रहेको बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको भावना र मर्मविपरित काम गरेको भन्दै आज साँझ ५ बजेअघिनै सबै विकल्प प्रयोग गरेर यो प्रवृतिलाई परास्त गर्ने निर्णय लिएको छ ।
बैठकले राष्ट्रपति भण्डारीले दिएको समयसिमा ५ बजे अघि नै केही न केही उपाय निकाल्ने र त्यसका लायि अन्य दलहरुसँग छलफल गर्ने निर्णय भएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रपतिबीच भेटवार्ता
राष्ट्रपति पौडेल अस्पताल भर्ना
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
राष्ट्रपति पौडेल कार्तिक तेस्रो साता कतार भ्रमणमा जाने
इक्वेडरका राष्ट्रपतिको हत्या प्रयासको आरोपमा ५ जना पक्राउ
अख्तियारले राष्ट्रपतिसमक्ष पेश गर्यो ३५औं वार्षिक प्रतिवेदन