नयाँ सरकार गठनको आह्वान असंवैधानिक : नेपाली काँग्रेस

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, २० : ४८
नयाँ सरकार गठनको आह्वान असंवैधानिक  : नेपाली काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ ।

CG Developers Tansen Cement box

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको बताए ।

यसबारे शुक्रबार बिहान पार्टीका शीर्षस्थ नेताबीच छलफल गरेर रणनीति बनाउने उनले बताए ।