काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिका-९ नलिन्चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सर्लाही लालबन्दी नगरपालिका-१० बस्ने ४३ वर्षीय शेर बहादुर भुजेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
जगातीबाट साँगातर्फ जादै गरेको बाग्मती प्रदेश-०३-००१ च ०८६६ नम्बरको माईक्रोबसलाई प्रहरीले जाँच गर्ने क्रममा माईक्रोबस चालक भुजेलले उक्त नगद दिन खोजेपश्चात प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ जेठ २०७८, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
मोटरसाइकल चोरेको आरोपमा २ युवक पक्राउ