सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त

रासस

बुधबार, ०५ जेठ २०७८, ११ : ५१
सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लका पिता गजिन्द्रप्रकाशको निधनप्रति दुःख गरेका छन् ।

सभापति देउवाले आज  शोक वक्तव्यर्फत उनको मंगलबार निधनको खबरले आफूलाई  मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । मल्ल जिल्ला विकास समिति स्याङ्जाका पूर्व सदस्य समेत थिए।

मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुयाउनु भएको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताएका छन् । सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत  मल्लको सक्रिय योगदान थियो ।
 

प्रतिक्रिया दिनुहोस