काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत सरकारलाई केन्द्र र सात वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालमा विशेष वार्ड/आइसियुलगायतको तयारी गर्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले १२ वर्षमाथिका बालबालिकालाई खोप शुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०४ जेठ २०७८, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा