चितवन एकेडेमीका प्रबन्ध निर्देशक सम्भु सुबेदीको कृषि मोह, नर्सिङ कलेज परिसरमा हुर्कदैछन् हजारौ ड्रागनका बिरुवा (भिडियो सहित)

प्रकाश सिग्देल

मंगलबार, ०४ जेठ २०७८, १७ : ५४
चितवन एकेडेमीका प्रबन्ध निर्देशक सम्भु सुबेदीको कृषि मोह, नर्सिङ कलेज परिसरमा हुर्कदैछन् हजारौ ड्रागनका बिरुवा (भिडियो सहित)

चितवन । शैक्षिक उद्यमी तथा नेकपा एमालेका नेता, मदन भण्डारी फाण्डेशन चितवनका बरिष्ठ उपाध्यक्ष सम्भु सुबेदी व्यवसायीक ड्रागन खेती तर्फ आर्कषित भएका छन् । Sasyaveda साईन्स एण्ड एग्री कल्चर फार्म हाउस दर्ता गरी  १० हेक्टर क्षेत्रफलमा यसको खेती गर्ने गरी उनले अहिले धमाधम ड्रागनका बिरवा हुकाउर्ने र रोप्ने काम गरिरहेका छन ।

भ.न.पा ७ प्रेमबस्तीमा रहेको चितवन एकेडेमी नर्सिङ कलेजको जमिनमा १ हेक्टर क्षेत्रफलमा करिव ५ हजार बिरुवा रोपी सकेको सुबेदीले बताए । बाकी जमिनमा बिरुवा रोप्दै जाने उनको भनाई छ । सुबेदी सोही कलेजको प्रवन्ध निर्देशक समेत रहेका छन् । अघिल्लो वर्ष चैत्रबाट खेती सुरु गरेका सुबेदीको फार्ममा केहि  बिरुवाहरु फल लाग्ने अवस्थामा पुगेका छन् भने केही बिस्तारै हुकर्दै छन् ।

चितवन एकेडेमीका प्रबन्ध निर्देशक समेत रहेका उनले कजेल परिसरमानै भब्य रुपमा खेती गरिरहेका छन् । कृषि ज्ञान केन्द्र चितवनको  १५ लाख अनुदान र आफनो  ३० लाख लगानी गरेर ४५ लाखमा ड्रागन खेती गरेको उनले बताए । ड्रागन खेती बिस्तार कार्यक्रम अन्त्रगत पकेट क्षेत्र बनाउन ३ वर्षको सम्झौता गरेर पहिलो वर्षको १५ लाख रकम अनुदानस्वरुप पाएको सुबेदीले बताए ।

मलेसियन बिरुवा र भारतको बिभिन्न ठाउबाट ल्याईएको बिरुवा लगाएर यसको खेती गरेको सुबेदीले बताए । पानी नजम्ने सुख्खा जमिनमा यसको ब्यवसायीक खेती गर्न सकिने र यस एक पटक रोपेपछि २५ वर्ष सम्म यसबाट लाभ लिन सकिने सुबेदी बताउँछन् । आफुले ४ जातका सेतो तथा रातो गुदी हुने ड्रागन खेती गरेको उनले बताए ।आफुले प्रति बिरुवा २०० का  दरले बिरुवा पनि बिक्री गर्ने गरेको र गुणस्तरको जात उत्पादन गर्ने गरी काम गररिहेको उनको  भनाई छ ।

ड्रागनको बोट मुनी अन्तरबाली

सुबेदीले ड्रागनको बोट मुनी अन्तरबाली समेत लगाएर परिक्षण समेत गरे । कलेजको खालि जमिनमा ब्यवसायीक ड्रागन खेती गरी नमुना काम थालेका सुबेदीले ड्रागनको मुनी अन्तर बाली लगाएर थप नयाँ कामको परिक्षण गरेका हुन ।

उनले अन्तर बालीका रुपमा ,लसुन, प्याज,चुकन्दर तरभुर्जा, भेण्डी , खुसार्नी लगाएतका तरकारी तथा फलफुल लगाएका छन् । त्यस्तै उनले ब्यवसायीक तरकारी खेती समेत गरेका छन् । करेला घिरौला, फर्सी लगाएतका तरकारी खेती समेत उनले गरे । उनको फार्ममा लटरम्मै तरकारी फलेको देख्न सकिन्छ । अन्तरबाली लगाए र स्याहारसुसार गर्न सके राम्रो लाभ लिन सकिने सुबेदीको भनाई छ ।

संरक्षण र रेखदेखका लागी १ परिवारलाई आवासिय सुबिधा  सहित राखिएको र बाकी कामको अवस्था अनुसार मानिसहरुलाई काममा लगाईने गरेको सुबेदीले बताए ।बोरिङ्गं लाईटिङ्ग र टायर हाल्ने काम अव बाकी रहेको र अरु सबै काम सम्पन्न भएको उनको भनाई छ ।

ड्रागन फलबाट हुने फाईदा

यसको सेवनले शरिरमा क्यान्सर प्रतिरोधि शक्तिको विकास गर्न मदत पुग्ने, शरिरमा रहेको विषाक्त तत्वलाई हटाउँनुका साथै रगतमा भएको उच्च कोलेस्टोर घटाएर उच्च रक्तचापलाई सन्तुलनमा ल्याउने बताईन्छ ।

यसको सेवनले दम तथा कफका रोगिलाई फाइदा पुग्ने र मधुमेहका बिरामीलाई पनि लाभ हुने बिज्ञहरु बताउँछन् । यसमा भिटामिन सी , प्रशस्त मात्रामा पाउने हुँदा अनुहारको छाला चम्किलो बनाउने र गर्भावस्थाका महिला,बालबालिका,ज्यष्ठ नागरीक र रोगले सताइरहेका मानिसहरुका लागि यसको फल निकै उपयोगी मानिएको छ ।  

(भिडियो)

https://www.youtube.com/watch?v=5VDOYINtajo

 

प्रतिक्रिया दिनुहोस