काठमाडौं । मंगलबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ५९ अंकले बढेसँगै सेयर कारोबार मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँ माथि पुगेको छ, जुन हालसम्मकै उच्च हो ।
बजारमा उल्लास देखिएको भन्दै सेयर लगानीकर्ताहरुले खुसी व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले सेयर बजारमा हालसम्मकै उच्च कारोबार हुनु सबैका लागि खुसीको कुरा भएको बताएका छन् ।
मंगबालर १ करोड १५ लाख ९ सय ६१ कारोबार हुँदा २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन् । किनबेच सेयर संख्या पनि हालसम्मकै नयाँ रेकर्ड हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ जेठ २०७८, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा