निषेधाज्ञाको २० औ दिन : काठमाण्डौ उपत्यकामा तुलनात्मक रुपमा सवारी साधन कम सञ्चालन

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १४ : २१
निषेधाज्ञाको २० औ दिन : काठमाण्डौ उपत्यकामा तुलनात्मक रुपमा सवारी साधन कम सञ्चालन

काठमाडौं । निषेधाज्ञाको २० औ दिन आज मंगलबार काठमाण्डौ उपत्यकाका तीनै जिल्लाहरुमा तुलनात्मक रुपमा सवारीसाधन कम सञ्चालन भएका छन् । 

काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवाका , खाद्यान्न बोकेका, सरसफाई, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा कार्यरतहरुका सवारी साधन निर्वाध सञ्चालन भएका छन् । फाट्फुट् बिना सवारी पास सवारी लिएर सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले चेकजाँच गरि नियन्त्रणमा लिएको छ ।

अनुमति विना हिडडुल गरेर प्रहरीको होल्डिङ सेन्टरमा रहेकाहरु पनि मंगलबार तुलनात्मक रुपमा न्यून नै छन् । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली नेतृत्वको अनुगमन टोलीको सक्रियता बढेसंगै विना अनुमति सवारी साधन लिएर बारिह निस्कनेहरुमा कमि आएको हो । त्यसैगरी निषेधाज्ञा उलंघन गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेपछि पनि निषेधाज्ञाको पालना गर्ने क्रम बढेको हो ।

प्रतिक्रिया दिनुहोस