सभापति देउवाद्वारा नेता रिजालको निधनप्रति दुःख व्यक्त

रासस

सोमबार, ०३ जेठ २०७८, १२ : ४२
सभापति देउवाद्वारा नेता रिजालको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य रामचन्द्र रिजालको निधनप्रति दुःख व्यक्त गरेका छन् । तत्कालीन कांग्रेस गुल्मी क्षेत्र नं ३ का पूर्वसभापति रिजालको यही जेठ १ गते भैरहवामा उपचारका क्रममा ८२ वर्षका उमेरमा निधन भएको थियो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत इश्मा गाउँ कार्यसमितिका पूर्वसभापति रिजालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। 
 

प्रतिक्रिया दिनुहोस