गाजामा प्यालेस्टाइनी र इजरायली बिच हवाई आक्रमण जारी, एकै दिन ४२ जनाको मृत्यु

एजेन्सी

सोमबार, ०३ जेठ २०७८, ०८ : ४७
गाजामा प्यालेस्टाइनी र इजरायली बिच हवाई आक्रमण जारी, एकै दिन ४२ जनाको मृत्यु

एजेन्सी । गाजामा प्यालेस्टाइनी र इजरायली बिच भईरहेको हवाई आक्रमणका कारण आइतबार अहिलेसम्मकै धेरै व्यक्तिको ज्यान गएको छ । इजरायलले गरेको हवाई आक्रमणका कारण ४० जना भन्दा धेरैको आइतबार मृत्यु भएको जागामा रहेका प्यालेस्टाइनी अधिकारीको भनाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली सेनाका अनुसार प्यालेस्टाइनी विद्रोहीहरुले गएको हप्ताभरमा इजरायलमा तीन हजार भन्दा बढि रकेट प्रहार गरेका छन् । सोमबार बिहानै इजरायलले गाजा शहरका विभिन्न क्षेत्रमा ८० वटा हवाई आक्रमण गरेको छ । त्यसअघि हमास बिद्रोहीले इजरायलको दक्षिणी क्षेत्रमा रकेट प्रहार गरेका थिए ।

गाजाका अधिकारिका अनुसार शनिबार एकै दिन १० बालबालिका र १६ महिलासहित ४२ जनाको इजरायली हवाई आक्रमणका कारण मृत्यु भएको छ । गएको हप्ताको सोमबारदेखि हिंसा सुरु भएयता प्यालेस्टाइनी रकेट आक्रमणका कारण दुइए बालबालिकासहित आफ्नो तर्फ १० जनाको ज्यान गएको इजरायलले जनाएको छ ।

एकहप्ताको अवधिमा गाजामा ५५ बालबालिका र ३३ महिलासहित कुल १८८ जनाको ज्यान गएको छ । हमासको नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार १२ सय ३० जना घाइते भएका छन् । इजरायलले भने मारिनेमा बिद्रोही लडाकुको संख्या बढि रहेको दाबी गरेको छ ।

गएको सोमबारदेखि इजरायल र प्यालेस्टाइनबिचको हिंसा जारी छ । अन्तर्राष्ट्रिय समुदायले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न अपील गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्न्टोनिओ गुट्रेसले हिंसा जारी रहेमा मध्यपूर्व क्षेत्र नै गहिरो समस्यामा जाने चेतावनी दिएका छन् । उनले हिंसा तत्काल अत्या गर्न अपील गरेका छन् ।


 

प्रतिक्रिया दिनुहोस