काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफू निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक बोलाएका छन् । । सत्ता समीकरणका लागि पार्टीमा भएका विभिन्न गतिविधि, संसदीय दलको नेतामा राजेन्द्र महतोको चयन लगायतका विषयमा छलफल गर्नका लागि पार्टीको अनौपचारिक बैठक बोलाएको बताइएको छ ।
जसपा नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चारजना सांसदलाई कारवाही गरिएको थियो ।
यादव पक्षका नेताको दावी अनुसार संसदीय दलमा पनि उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतका आधारमा काँग्रेस, माओवादी केन्द्रसँग गठबन्धन बनाएर सरकार बनाउने निर्णय यादव समूहले थियो ।
तर पछिल्लो समय जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुरले १९ जना सांसदको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् । र सोही हस्ताक्षरको आधारमा राजेन्द्र महतो संसदीय दलका नेता बनेका हुन् ।
तर चारजना सांसदले दुवैतिर हस्ताक्षर गरेका छन् । त्यसैले संसदीय दलको बहुमत कसको पक्षमा छ भने कुरा छुट्याउन गाह्रो छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ जेठ २०७८, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
जसपाले गर्यो विधान संशोधन
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल