काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले स्वार्थको रोटी सेक्ने बेला नभएको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीको सपथ ग्रहण लगत्तै सिंहदरबारमा पुगेर पदबहाली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलहरूलाई स्वार्थको रोटी सेक्न छोडेर कोभिड १९ महामारीविरुद्धको लडाईमा एकजुट हुन आग्रह गरेका हुन् ।
‘सबैले हामीलाई हेरिरहेका छन् कि कति गम्भीरताका साथ गइरहेका छौ । यस्तो बेलामा पनि देश, जनताप्रति चिन्तित नहुने र आफ्नो स्वार्थ प्रति चिन्तित हुने प्रवृत्ति विल्कुलै उचित होइन र यो स्वीकार्य हुनसक्दैन’ प्रधानमन्त्री ओलीको भनाइ छ ।
यस्ता प्रवृति छोड्न सबै राजनीतिक दलहरूलाई प्रधानमन्त्रीको आग्रह थियो । उनले अहिले कोभिड १९ का विरुद्ध लड्नुपर्ने बेलामा अस्वस्थ, अनुचित र जनतामा निराशा पैदा गर्ने र सरकारका प्रयास असफल पार्न खोज्ने, भ्रमपूर्ण प्रचार गर्ने र जता पनि भ्रष्टाचार देख्ने, काम गर्ने संस्था र व्यक्तिलाई हतोत्साही गर्ने प्रवृति हावी भइरहेको बताए ।
उनले यस्तो बेला कसैले कोभिडको रोकथाम वा स्वास्थ्य सेवाका नाममा भ्रष्टाचार गर्छ वा अनुचित लाभ लिन खोज्छ भने कडाइका साथ कारवाही गर्ने दोहोर्याए ।
साथै उनले देश र जनताप्रति पूर्ण बफादारिताका साथ सपथ शब्दको पालना गर्ने भन्दै त्यसका लागि सदाझैँ इमानदारी, सक्रियता र पारदर्शिताका साथ कर्मचारीबाट सहयोग हुने विश्वास समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ बैशाख २०७८, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने