कैलालीमा हावाहुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १५ : ४२
कैलालीमा हावाहुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु

कैलाली । कैलालीमा हावाहुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ ।गएराति बर्षासंगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टिकापुर नगरपालिका–१ एकतानगर शिविरकी ४० बर्षीया देउकला कामीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक भरतबहादुर चौधरीका अनुसार महिलाको हावाहुरीले कच्ची घरमाथि रुख ढल्दा च्यापिएर निज कामीको मृत्यु भएको हो ।

यस्तै हावाहुरीले कैलारी गाउँपालिका–५ का अंकित बोहराको दुई कोठे एक तले टिनले छाएको घरको छाना उडाई घरभित्र रहेको अन्नपात, टीभी, फंखामा क्षति भई अन्दाजी रु। ७० हजार बरावरको क्षति भएको छ ।

प्रहरी नायव उपरिक्षक चौधरीका अनुसार हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा सडकमा रहेका विद्युतका पोलमा क्षति गरेको छ । तर घटनाको बिस्तृत बिवरण आउँन बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस