विश्व

इजरेल: 'आप्रवासी सम्बन्धी निर्णय स्थगित'

एजेन्सी

मंगलबार, २० चैत्र २०७४, १० : ५४
इजरेल: 'आप्रवासी सम्बन्धी निर्णय स्थगित'

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हजारौं अफ्रिकी आप्रवासीलाई पुनर्स्थापित गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघको सम्झौतालाई स्थगित गरेका छन्।

सम्झौता घोषणा भएको घण्टौंपछि आप्रवासीहरूको बसोबास रहेको दक्षिणी तेलअबिबका बासिन्दासँग भेट्ने भन्दै नेतान्याहुले उक्त योजनालाई रोकि राखेका हुन्।

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी संस्थासँगको पाँच वर्षे सम्झौता अनुसार गैरकानुनी रूपमा इजरेल प्रवेश गरेका १६ हजार २ सय ५० अफ्रिकी आप्रवासीहरू पश्चिमी देशहरूमा पुनर्स्थापित हुनेछन्।

ती आप्रवासीमध्ये धेरैले इजरेलमा शरण खोजिरहेका थिए।

 

नेतन्याहुद्वारा इरानको कडा आलोचना

योजना
उनीहरूलाई पुनर्स्थापित गरिने पश्चिमा देशमा जर्मनी, इटली र क्यानाडा रहेको नेतान्याहुले बताए।

सोमबार एउटा पत्रकार सम्मेलनमा बोल्दै नेतान्याहुले पश्चिमा देशमा जति आप्रवासीहरू पुनर्स्थापित हुन्छन् त्यति नै संख्याका आप्रवासीलाई आफ्नो देशमा पनि अस्थायी बास दिइने बताएका हुन्।

यसले अफ्रिकी पुरूष आप्रवासी यदि स्वैच्छिक रूपमा जान नचाहे उनीहरूलाई जबरजस्ती अफ्रिकाको तेस्रो मुलुकमा पठाउने सम्बन्धी विवादास्पद योजनालाई प्रतिस्थापन गरेको छ।
ती देशहरू युगाण्डा र रूवाण्डा रहेको बताइएको थियो।

घोषणा
तर इजरेलको सर्वोच्च अदालतले आइतवार शुरू हुने भनिएको देश निकाला रोकिदिएको थियो।

राति अबेर फेसबुकमा एउटा सन्देश राख्दै नेतान्याहुले संयुक्त राष्ट्रसंघको सम्झौता स्थगन गरिएको घोषणा गरेका हुन्।

उनले रुवाण्डा पछि हटेको भन्दै यसअघिको सम्झौता प्रभावकारी नभएको बताए।

 

प्रतिक्रिया दिनुहोस