काठमाडौं । बिहीबार दिउँसो देशभर सामान्य बदली रहने र केही स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक ,दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।यस्तै राति प्रदेश १ सहित देशका पहाडी भूभागहरुमा सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने छ।
प्रदेश नं १ का साथै अन्य पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको छ ।
हाल पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव मौसममा रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना