पोखरा । गण्डकी प्रदेशमा पुनः एमालेकै सरकार बन्ने भएको छ । मुख्यमन्त्रीका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्न लागेको हो । पुनः एमालेका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशसभामा ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गरेपछि गुरुङ पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालेकै गुरुङ मुख्यमन्त्री बनेका छन् ।
नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत (३१ सांसदको हस्ताक्षर) जुटाउन नसकेपछि पुनः गुरुङ नै मुख्यमन्त्री बने । आजै पद तथा गोपनियताको सपथ लिन गुरुङ प्रदेश प्रमुख निवासमा पुगेका स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, १८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती