भोजपुरी फिल्म ‘प्रेमगीत २’ मा शिल्पा पोखरेलको अभिनय

सफल खबर संवाददाता

बुधबार, २९ बैशाख २०७८, १४ : २६
भोजपुरी फिल्म ‘प्रेमगीत २’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौंँ । अभिनेत्री शिल्पा पोखरेलको अभिनय भोजपुरी फिल्म ‘प्रेमगीत २’ मा पनि देख्न सकिने भएको छ । निर्माण युनिटले फिल्मको हालै ट्रेलर सार्वजनिक गरेको छ ।जसमा शिल्पा पनि देखिएकी छन् । फिल्ममा शिल्पा भोजपुरी स्टार प्रदीप पाण्डेको जोडी बनेकी छन् ।प्रदीप र शिल्पाको प्रेम र उतारचढावका केही झल्को  ट्रेलमा देख्न सकिन्छ ।

पोखरा आसपास छायाँकन भएको फिल्म सोनु खत्रीले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप र शिल्पाका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जितकुमार शर्मा, रोहित थापालगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

सोनु खत्रीकै निर्माण रहेको फिल्ममा रत्नाकर कुमार प्रस्तुतकर्ता रहेका छन् ।हरि घले लामाको छायाँकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व, ओम झाको संगीत, कविराज गहतराज, शिव विक, रिकी गुप्ता, विवेक थापाको कोरियोग्राफी रहेको फिल्ममा एवी मोहनको कथा रहेको छ । शिल्पाले यसअघि ‘जय शम्भु’ नामक भोजपुरी फिल्ममा पनि अभिनय गरेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस