काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले केपी ओलीसँगको लडाईंमा आत्मसमपर्ण गरेर क्रान्तिप्रति गद्दारी नगर्ने बताएका छन् ।
नेता भुसालले बुधबार सामाजिक सञ्जाल फेसबुकमा हिजोका दिनमा प्रचण्डलाई गाली गरेर ओलीले पाप ढाक्ने प्रयास गरेको भन्दै आज झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजन गर्न लागेको आरोप समेत लगाएका छन् ।
‘हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ’, भुसालले भनेका छन्, आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन ।’
त्यस्तै उनले विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद रहेको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल
नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ: घनश्याम भुसाल
घनश्याम भुसालको प्रश्न- मुलुक राजनीतिक ब्ल्याक होलतर्फ गइरहेको हो ?
नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु: घनश्याम भुसाल
सबै बन्धन चुँडालेर वाम एकता गर्न घनश्याम भुसालको अपिल