जेठ १७ सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, १९ : २१
जेठ १७ सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । 
यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् ।


 

प्रतिक्रिया दिनुहोस