सप्तरी । सप्तरीमा ट्रकको ठक्करबाट श्रीमानश्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका–३ का ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी पत्नी ४० वर्षीया सुनीतादेवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिम आउँदै गरेको ना ६ ख ३८६१ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई हनुमाननगर कंकालिनी १ स्थित राजमार्ग खण्डमा ठक्कर दिएपछि मण्डल दम्पती गम्भीर घाइते भएका थिए।
घाईते दुवैजनालाई उपचारका लागि भारदह अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोजनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ बैशाख २०७८, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ जना घाइते
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु