सप्तरी । सप्तरीमा ट्रकको ठक्करबाट श्रीमानश्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका–३ का ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी पत्नी ४० वर्षीया सुनीतादेवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिम आउँदै गरेको ना ६ ख ३८६१ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई हनुमाननगर कंकालिनी १ स्थित राजमार्ग खण्डमा ठक्कर दिएपछि मण्डल दम्पती गम्भीर घाइते भएका थिए।
घाईते दुवैजनालाई उपचारका लागि भारदह अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोजनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ बैशाख २०७८, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते