जेरुसेलम । इजरायल र प्यालेस्टाइनको सीमामा फेरि हिंसा चर्किएको छ । सोमबार राति इजरायलले गरेको हवाई आक्रमणबाट ९ जना बालबालिकासहित कम्तीमा २० जना नागरिक मारिएको गाजाका स्वास्थ्य अधिकारीले बताएका छन् । सोमबार राति प्यालेस्टाइनको विद्रोही समूहले हमासले जेरुसेलमनजिकै रकेट प्रहार गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको छ ।
गाजामा रहेका हमासका सैन्य अड्डामा इजरायली सेनाले आक्रमण गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासले ‘रेड लाइन’ नाघेर आक्रमण गरेको बताएका छन् । सन् २०१४ को युद्धपछि पहिलो पटक हमासद्वारा रेड लाइन नाघिएको पनि उनले दाबी गरेका छन् । सोमबार रातभर हमासले रकेट प्रहार गर्ने र इजरायली सेनाका तर्फबाट हवाई आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले द्यदेख गरेका छन् ।
गाजा सहरमा रातभर विस्फोटका ठूला आवाज सुनिएको पनि बताइएको छ । इजरायली सेनाले हमासले १५० भन्दा बढी रकेट प्रहार गरेको आरोप लगाएको छ । केही रकेटलाई भने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले निष्क्रिय बनाएको उसले बताएको छ । अमेरिकी विदेशमन्त्री गाजाबाट इजरायलतर्फ लक्षित गरी भइरहेको रकेट आक्रमण तत्काल रोक्नुपर्ने बताएका छन् । उनले दुवै पक्षलाई तनाव कम गर्नेै बाटोमा कदम चाल्न पनि आग्रह गरेका छन् । पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको छ ।
जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका छन् । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ । प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका छन् । सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २८ बैशाख २०७८, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायल-हमास युद्धविराम वार्ता सफलता बिना नै टुङ्गियो
इजरायलमाथि यमनको ‘हूथी समूह’ को मिसाइल आक्रमण
युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इजरायल, अमेरिका र इरान सबैले युद्ध जितेको दाबी, तर साँच्चै जित्यो कसले ?
इजरायलमाथि पहिलोपटक इरानद्वारा खैबर-शाकान ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार