बाँकेमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, १० : ००
बाँकेमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

बाँके । कोरोनाको हटस्पट बनेको बाँकेमा कोरोना संक्रमणबाट थप १२ जना संक्रमित बिरामीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भेरी अस्पताल नेपालगन्जमा उपचाररत सिस्ने गाउँपालिका–३ रुकुम पूर्वका ५३ वर्षीय पुरुष, बारबर्दिया–६ बर्दियाकी ६३ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँकेका ५२ वर्षीय पुरुष, जानकी गाउँपालिका–४ बाँकेकी ४५ वर्षीया महिला, बढैयाताल–३ बर्दियाकी ७८ वर्षीया महिला, बाँसगढी नगरपालिका–९ बर्दियाका ७३ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगर–१० बाँकेका ६८ वर्षीय पुरुष, गुलरिया–६ बर्दियाका २१ वर्षीय पुरुष र बढैयाताल–१ बर्दियाका ८५ वर्षीय पुरुष रहेका छन् । 

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाँसगढी–५ बर्दियाका ६० वर्षीय पुरुष र कोहलपुर–८ बाँकेका ६२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड९१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । खजुरा–२ बाँकेका ८८ वर्षीय पुरुषको होम आइसोलएसनमा मृत्यु भएको छ । यो सँगै कोरोनाबाट बाँकेका १९७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १४८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस