धरानमा कोरोना संक्रमित दुई पुरुषको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, ०८ : ४४
धरानमा कोरोना संक्रमित दुई पुरुषको मृत्यु

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ । विराटनगर–१४ मोरङका ४८ वर्षीय पुरुष र कोशी गाउँपालिका–१ सुनसरीका ४३ वर्षीय पुरुषको उपचारको क्रममा पाँच मिनेटको अन्तरमा मृत्यु भएको हो ।

दमबाट पीडित मोरङका पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन अस्पताल भर्ना गरेर उपचार गर्दागर्दै राति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मोरङका पुरुषको मृत्यु भएको पाँच मिनेट पछि धरानका पुरुषको पनि मृत्यु भएको अस्पतालले जनाएको छ ।  धरानका पुरुषमा यही वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई वैशाख १६ गते अस्पताल भर्ना गरिएको थियो ।


 

प्रतिक्रिया दिनुहोस