हजुरआमा दर्शन !

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १७ : ४४
हजुरआमा दर्शन !

“थोरै घिउ खाउ ल बाबु“ भन्दै मेरो खानामा तातेको घिउ झिर्र पार्दै गर्दा खुसी हुने हजुरआमा केही स्वार्थले होला त । हिजोका दिनमा “रमाईला कथा सुनाउनु न आमा“ भन्दै गर्दा उहाँले सुनाएका ति पुराना कथाहरु आज ताजा र स्मरणीय छन् । ति कथामा कतिको मिठास थियो थिएन त्यो बेग्लै होला तर हजुरआमाले सुनाउनु भो त्यसैले त आजको आमाले सुनाएको कथा भनि अरुलाई सुनाउदा पनि मनैदेखि खुसी छाउँछ ।

आमाको माँया कुनै शब्दमा मात्रै गर्न सकिदैन भन्ने त हजुरआमाकै निःस्वार्थ व्यवहार र सधैको आशिर्वादका शब्दले पुष्टी गरेको छ । फोनमा हजुरआमा दर्शन भन्न नपाउदै हजुरआमाले दिने आशिर्वादमा मैले सधै ठुलो शक्ति भेटेको हुन्छु । फोन राख्दै गर्दा “आमा हजुर पनि स्वस्थ रहनु, आफ्नो ख्याल राख्नुहोला“ भन्दै गर्दा “मलाई केही पनि हुदैन, के के रोग आउदैछन्, धेरै टाढा नजानु, घरमै बसेर आफैले बनाएर खानु ल“ भन्ने मेरो बुढी हजुरआमा साक्षात हुनु मेरो भाग्य होईन र ।

“आफ्नो बाबा आमा भन्दा पहिले ति जीवित भगवान सम्झनु जसले तेरो बाबा आमाको कल्पना गर्यो“। आमालाई बुझाउन खोजेको त्यो जीवित भगवानको अर्थ बल्ल बझ्दै छु हजुरआमा । आफ्नो भन्दा नातिको उन्नतिमा रमाउन खोज्ने हजुरआमा भेट्दा साक्षात भगवान खोज्न कतै जानुपर्ला र । हिजो बजारबाट आएका परिकार आफैले नखाई नखाई हामीलाई खुवाउने वा बाबाले गाली गर्न खोज्दा संरक्षण गर्ने अथवा आजभोली भेट्न जाँदा उहाँको आँखामा देखिने खुसीका बहाबहरु वर्तमान कृत्रिम संसार भन्दा पृथक नै पाँउछु मैले।

भर्खरै रोगको महामारीले दशैँमा गाँउमा जान पाउँछु पाउँदिन सोच्दै गर्दा पहिलो याद नै हजुरआमाको हातको टिका र आशिर्वादको आउन लाग्यो । हजुरआमाको महत्व सिकाउने प्रथम गुरु बाबा आमा नै हुनुहुन्छ, यद्यपी मनले अझै सोच्दै छ के म मात्रै हुँ त यस्तो हजुरआमा पाउने भाग्यशाली पात्र । गाँउबाट बजार पसेको पहिलो वर्ष मातातिर्थ औँशीमा आमालाई फोन गर्दा आमाको भनाईले हजुरआमाको महत्व अझै बढाउँदै गयो ।

“आफ्नो बाबा आमा भन्दा पहिले ति जीवित भगवान सम्झनु जसले तेरो बाबा आमाको कल्पना गर्यो“। आमालाई बुझाउन खोजेको त्यो जीवित भगवानको अर्थ बल्ल बझ्दै छु हजुरआमा । आफ्नो भन्दा नातिको उन्नतिमा रमाउन खोज्ने हजुरआमा भेट्दा साक्षात भगवान खोज्न कतै जानुपर्ला र । हिजो बजारबाट आएका परिकार आफैले नखाई नखाई हामीलाई खुवाउने वा बाबाले गाली गर्न खोज्दा संरक्षण गर्ने अथवा आजभोली भेट्न जाँदा उहाँको आँखामा देखिने खुसीका बहाबहरु वर्तमान कृत्रिम संसार भन्दा पृथक नै पाँउछु मैले।

 “आफ्नो बाबा आमा भन्दा पहिले ति जीवित भगवान सम्झनु जसले तेरो बाबा आमाको कल्पना गर्यो“। आमालाई बुझाउन खोजेको त्यो जीवित भगवानको अर्थ बल्ल बझ्दै छु हजुरआमा । आफ्नो भन्दा नातिको उन्नतिमा रमाउन खोज्ने हजुरआमा भेट्दा साक्षात भगवान खोज्न कतै जानुपर्ला र । हिजो बजारबाट आएका परिकार आफैले नखाई नखाई हामीलाई खुवाउने वा बाबाले गाली गर्न खोज्दा संरक्षण गर्ने अथवा आजभोली भेट्न जाँदा उहाँको आँखामा देखिने खुसीका बहाबहरु वर्तमान कृत्रिम संसार भन्दा पृथक नै पाँउछु मैले। 

आज मानिसहरु सामाजिक सञ्जालमा होस वा अरुको भन्दा २–४ पैसा कसरी कमाउन सकिन्छ भन्ने होडबाजीमा नतमस्तक हुदै गएको परिप्रेक्ष्यमा हजुरको आशिर्वादले मलाई यो कृत्रिमता सबै फिक्का तुल्याएको छ । उमेरले दशकौँ नाघिसक्दा पनि सधै उस्तै मेरो हजुरआमा । हजुरले मलाई गर्ने मायाँको स्वरुप उमेर अनुसार पृथक भयो होला तर कहिल्लै कमी भने भएन, निरन्तर उकालो लाग्यो उमेरजस्तै । हिजो साधारण लाग्ने त्यो माँया र व्यवहार आज यो अहंकार र स्वार्थपुर्ण शहरी संसारले वृहत्तर र अझै सोचनीय बनाएको छ । हजुरबाट घृणा, घमण्ड, अहंकार जस्ता शब्दहरु कहिलै सिक्न पाईएन हजुरआमा तर अहिले यसैका विभिन्न रुपहरु सिकाउदै आएको छ यो स्वार्थी दुनियाले ।

अहिले त हामी आशिर्वादमा पनि स्वार्थ खोज्छौ । “हाम्रो ख्याल् गर्दै जानु, हामीलाई नबिर्सनु है“ जस्ता आशिर्वाद विकसित हुदै जाँदा हजुरआमाको आशिर्वादमा त्यस्तो गुञ्जायस कहिलै भएन । हजुरआमाको उहीँ मन छुने शब्द सहितको आशिर्वादले यहाँका थुप्रै सुमधुर गीत संगीतलाई सजिलै मात खुवाएको छ । आमा हजुरको यहीँ आशिर्वादले म अझै लोभी भएको छु, त्यसैले हजुरसँग भेट्दा वा फोनमा त्यहीँ अपेक्षा गर्ने म हजुर जस्तो निःस्वार्थ हुन कहाँ सके र । यो कृत्रिम वातावरण र सन्सारिक दौडधुपले हजुरआमाको लुकेको प्राकृतिक सद्भाव र ममता भुलाउँन सक्छ भनि सोच्नु मेरो सबैभन्दा भुल हुनेछ हजुरआमा ।

हजुरकै आशिर्वादका केही अंशमा मैले अघि भने जस्तै आफ्नो स्वार्थ समेत मिसाउदै भन्दै छु “सधै स्वस्थ रहनु आमा, बाँकी जीवनमा मनले चिताएका सबै लक्ष्य पुरा हुन, सधै यस्तै आशिर्वाद पाईरहन सकुँ, हजुरकै मार्गमा सधैँ रहिरहन सकुँ“ ।

अन्त्यमा, हजुरकै आशिर्वादका केही अंशमा मैले अघि भने जस्तै आफ्नो स्वार्थ समेत मिसाउदै भन्दै छु “सधै स्वस्थ रहनु आमा, बाँकी जीवनमा मनले चिताएका सबै लक्ष्य पुरा हुन, सधै यस्तै आशिर्वाद पाईरहन सकुँ, हजुरकै मार्गमा सधैँ रहिरहन सकुँ“ । हजुरआमा हजुरले आमाको अर्थ बाबा आमालाई मात्रै सिकाउनु भएन, त्यहीँ बाबा र आमाको छोरालाई आमा र हजुरआमा दुवैको वास्तविक अर्थ प्रष्ट पानुभयो । त्यसैले त हरेक नयाँ बिहानीमा सधै भनिरहन पाँउ । “हजुरआमा दर्शन गरेँ । “

प्रतिक्रिया दिनुहोस