काठमाडौंमा जेठ २ गतेदेखि दोस्रो चरणको चिनियाँ खोप लगाइने

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १६ : ४०
काठमाडौंमा जेठ २ गतेदेखि दोस्रो चरणको चिनियाँ खोप लगाइने

काठमाडौं ।आगामी जेठ २ देखि काठमाडौंमा चिनियाँ खोप भेरोसेल लगाउन दोेस्रो चरणको अभियान सुरु हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले खोप संचालनका सम्बन्धमा सबै वडा कार्यालयमा एक साताका लागि निश्चित समय तोकी अभियान चलाउने निर्णय गरेको हो ।

डीसीसीएमसी काठमाडौंको आज बसेको बैठकले निषेधाज्ञाको पालना गर्दै खोप लगाउन दिने निर्णय गरेको हो । भीडभाड नगरी खोप लगाउन आग्रह गर्दै प्रशासनले सम्बन्धित निकायलाई पत्र लेखेर पठाउने निर्णय गरेको हो ।खोप लगाउन आवश्यक सुरक्षाको व्यवस्था भने जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय छ ।

 

प्रतिक्रिया दिनुहोस