सभामुख सापकोटा र कांग्रेसका सभापति देउवा अनुपस्थित संवैधानिक परिषदले गरेको नियुक्ति सिफारिस (नामसहित)

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १२ : २२
सभामुख सापकोटा र कांग्रेसका सभापति देउवा अनुपस्थित संवैधानिक परिषदले गरेको नियुक्ति सिफारिस (नामसहित)

काठमाडौं । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा रिक्त रहेका सबै पदपूर्ति गरेको छ । परिषदको आइतबार बसेको बैठकले लोकसेवा आयोगमा सबै पदाधिकारी नियुक्ति सिफारिस गरेको छ । सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएको संवैधानिक परिषदको हिजाको बैठकले विभिन्न आयोगहरूमा रिक्त पदका लागि नियुक्तिको सिफारिस गरेको छ।

परिषदले गरेको नियुक्तिमा लोक सेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मी सदस्यहरुमा माधव बेलबासे, कपिलबस्तु र वीरवहादुर राई इलाम, दिनेश सिलवाल ललितपुर मन्जु कुमारी, महोत्तरी रहेका छन् । अख्तियार दुरुपयोग अनसन्धान आयोगको आयुक्तमा डा. हरी पौडेल,बागलुङ र सुमित्रा अमात्य,ललितपुर छन् ।

त्यस्तै निर्वाचन आयोगको आयुक्तमा सगुन शमसेर जबरा,रुपन्देही, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यहरुमा विपिनराज निरौला, पाँचथर र सुधा कुमारी झा धनुषा रहेका छन् । महिला आयोगमा रिक्त रहेको सदस्यमा जया घिमिरे,धनुषा र सावित्रा कुमारी शर्मा,पर्वत रहेका छन् ।  त्यस्तै दलित आयोगको सदस्यमा सुन्दर पुर्कुटी,काठमाडौं, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा.रामकृष्ण तिमिल्सिना,कास्की सदस्यहरुमा पुष्पराज तिमिल्सिना, पर्वत र बझाङका मानप्रसाद खत्री सिफारिस भएका छन् । 

आदिवासी जनजाति आयोगको रिक्त सदस्यमा सूर्यवहादुर गुरुङ, खोटाङ, मधेशी आयोगको सदस्यमा आभा कुमारी, सप्तरी, थारु आयोगको सदस्यमा डा. उमाशंकर चौधरी, नवलपरासी पश्चिम छन् । त्यस्तै मुस्लिम आयोगको रिक्त सदस्य पदमा मोहम्मद समसुल हक, सर्लाहीलाई प्रधानमन्त्री सम्मिलित ३ सदस्यिय परिषदले सिफारिस गरेको हो । 

प्रतिक्रिया दिनुहोस