अक्सिजन हाहाकार, अस्पतालले हात उठाए

पत्रपत्रिकाबाट

सोमबार, २७ बैशाख २०७८, ०६ : १२
अक्सिजन हाहाकार, अस्पतालले हात उठाए

काठमाडौं । देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ ।

अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यकता पर्ने देखिए पनि अभाव हुँदा उनीहरूले छटपटाउनुपर्ने बाध्यता आइपरेको छ ।

अक्सिजन अभावमा केही निजी तथा सरकारी अस्पतालले समेत ‘संक्रमित उपचार गर्न नसकिने’ बताइसकेका छन् । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा आइतबार उपचारका लागि पुगेका संक्रमितका आफन्त गोविन्द शर्माले अक्सिजन नहुँदा समस्या भएको सुनाए । ‘के गर्ने होला ? अस्पतालमै पनि रहेनछ,’ उनी भन्छन्, ‘अब कहाँ खोज्न जाने होला ?

ओम अस्पतालले अक्सिजन अभावका कारण नयाँ कोभिड बिरामी भर्ना गर्न नसक्ने स्पष्ट पारेको छ । उसले आइतबार सूचना जारी गर्दै अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको हो । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस