काठमाडौं । आइतबार राजीनामा दिनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार सञ्चालनका यस अवधिमा समृद्ध प्रदेश निर्माणको बलियो आधारशीला निर्माण भएको बताउनुभएको छ ।
राजीनामापछि जारी वक्तव्यमा उहाँले सरकारले प्रतिपक्षी दल समेतलाई विश्वासमा लिई सरकार सञ्चालन गर्ने संस्कारको विकास गरेको उल्लेख गर्नुभएको छ ।
स्थिरता नचाहनेको अराजनीतिक चलखेलका कारण काम गर्न नसक्ने स्थिति आएको उल्लेख गर्दै उहाँले स्थिरता नचाहने र विकास विरोधी तत्वको चलखेलका कारण एउटै घोषणापत्रबाट निर्वाचनमा गएको दलले समेत असहयोग गरेकाले काम गर्ने वातावरण नभएको बताउनुभएको छ ।
\प्रदेशमा जनताले नेकपा एमालेलाई ठूलो दलका रुपमा सरकार सञ्चालन गर्ने र नेपाली काँग्रेसलाई प्रतिपक्षमा रहने अभिमत दिएको उल्लेख गर्दै उहाँले जन अपेक्षाअनुसार व्यवहार नगरिएको वक्तव्यमा जनाउनुभयो ।
जनताको भावना, आकांक्षा र विश्वासको कदर गरेर नै यो प्रदेशलाई अन्यभन्दा अब्बल, उत्कृष्ट प्रदेश सरकार र प्रभावकारी प्रदेशसभा बनाउन आफूहरू सफल बनेको दाबी गर्दै उहाँले अन्य प्रदेशलाई समेत कतिपय क्षेत्रमा मार्गदर्शन गरेको उल्लेख गर्नुभयो । सीमित साधन स्रोत र बजेटका आधारमा प्राप्त गरेका उपलब्धि लोभलाग्दो रहेको भन्दै वक्तव्यमा समृद्ध प्रदेश र सुखी नागरिक बनाउने ध्येयमा पुग्ने गरी दिगो विकास लक्ष्य पूरा गर्न सरकार पक्षधर दल मात्रै नभै प्रतिपक्षी दल समेतको विश्वासमा सहकार्य गरेका धेरै अनुभव रहेको उल्लेख गर्नुभएको छ ।
समृद्ध प्रदेश र सुखी नागरिकको आकाङ्क्षा हासिल गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन सोचका साथ सरकार अघि बढेको बताउँदै उहाँले अन्तरराष्ट्रिय प्रतिबद्धता, दिगो विकास लक्ष्य, प्रदेशका नागरिकको विकासको चाहना, जननिर्वाचित प्रतिनिधिमार्फत मुखरित जनभावना, विज्ञ तथा सरोकारवालाले दिएका सुझावलाई सधैँ आत्मसात गर्दै अघि बढेको वक्तव्यमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २६ बैशाख २०७८, २० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन: सरकारका प्रवक्ता
सरकारले नेपाललाई श्रीलंका हुनबाट जोगाएको छ : मन्त्री गुरुङ
यो सरकारले ६ महिनाभित्र देखिने गरी यही काम गर्यो भन्ने छैन : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयक : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
जनतालाई अनुभूत हुनेगरी विकास-निर्माणका काममा सरकार क्रियाशील छ : सञ्चारमन्त्री गुरुङ