लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १४ : ०८
लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय प्रेमदत्त भट्ट र बेतकोट नगरपालिका घर भएका ३२ वर्षीय केशव खत्री छन् ।

 म.२ प.७१०० नम्बरको स्कुटर सवार उनीहरुको साथबाट १४ ग्राम ६९ मिलिग्राम अवैध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आरोपीबारे इलाका प्रहरी कार्यालय दोधाराले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस