काभ्रेमा संक्रमणबाट थप ३ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १२ : २२
काभ्रेमा संक्रमणबाट थप ३ जनाको मृत्यु

काभ्रे । कोरोना भाइरस संक्रमणबाट काभ्रेमा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । संक्रमणबाट मृत्यु हुनेमा बनेपा नगरपालिका–६ बस्ने ४२ वर्षीय महिला छिन् ।

बनेपास्थित शिर मेमोरियल अस्पतालमा ७६ वर्षीय महिला र पनौती नगरपालिका–११ मा होम आइसोलेशनमा बसेका २७ वर्षीय युवकको मृत्यु भएको छ । काभ्रेमा हिजो धुलिखेल नगरपालिका बस्ने ५६ वर्षीय पुरुषसहित ३ जनाले ज्यान गुमाएका थिए ।