अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलमा एउटा विद्यालय भवन बाहिर विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । विस्फोटमा अरू दर्जनौँ घाइते भएका छन् । विद्यालयबाट बालबालिकाहरू निस्किरहेको बेलामा शनिवार विस्फोटन भएको अधिकारीहरूले जनाएका छन् ।
हताहत हुनेमध्ये अधिकांश छात्रा भएको अफगानिस्तानकमो शिक्षा मन्त्रालयले जनाएको छ ।
दश्त-ए-बर्चीमा भएको उक्त घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । त्यो क्षेत्रमा प्रायः सुन्नी लडाकूहरूले आक्रमण गर्दै आएको उनीहरूले नै आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २६ बैशाख २०७८, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कतारको रास लाफानमा विस्फोट: १८ जना बेपत्ता, ५४ जना घाइते
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
नाइजेरियाको ग्यास खानीमा विस्फोट हुँदा ३८ मजदुरको मृत्यु
मेघालय कोइलाखानी विस्फोट : खोटाङका तीनजनाको मृत्यु, एक जना बेपत्ता
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३१ पुग्यो