एमाले नवलपरासी अध्यक्ष कँडेलको कोरोनाबाट मृत्यु

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १० : ४९
एमाले नवलपरासी अध्यक्ष कँडेलको कोरोनाबाट मृत्यु

नवलपरासी । एमाले माधव समूहका नवलपरासी अध्यक्ष शिवलाल कँडेलको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । बर्दघाट वार्ड २ बस्ने ६० बर्षका उनको चितवनको पुरानो मेडिकल कलेजमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कँडेल ३ दिन अगाडि अस्पतालमा भर्ना भएका थिए । कंडेल दिव्यज्योति क्यापस व्यावस्थापन समिति पूर्वअध्यक्ष, नवलपरासी जिल्ला विकास समितिको पूर्व जिल्ला सदस्यसमेत रहेका थिए । उनका २ छोरा र श्रीमती रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस