कोरोना अपडेट : थपिए ८ हजार ४ सय १८ संक्रमित, ५३ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, १७ : २९
कोरोना अपडेट : थपिए ८ हजार ४ सय १८ संक्रमित, ५३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कुल १८ हजार ३ सय ४ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ । शनिवार मात्रै ३ हजार ३ सय ७० जना संक्रमित उपचारपछि निको भएका छन् ।

यससँगै मुलुकभर २ लाख ९८ हजार ७ सय ६५ जना संक्रमित निको भएका छन् । निको भएको दर ७७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा ५३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।