कोरोना महामारी कोषमा क्रिकेटर कोहली दम्पतीले गरे दुई करोड सहयोग

एजेन्सी

शनिबार, २५ बैशाख २०७८, ०८ : ५१
कोरोना महामारी कोषमा क्रिकेटर कोहली दम्पतीले गरे दुई करोड सहयोग

एजेन्सी । भारतीय क्रिकेट कप्तान विराट कोहली र उनकी पत्नी  नायिका अनुष्का शर्माले कोरोना भाईरसको महामारीविरुद्धको कोषमा २ करोड भारतीय रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् । 

कोरोनाविरुद्ध लड्न उनीहरूले आर्थिक संकलन अभियान पनि थालेका छन् । कोहली दम्पतीले केट्टो प्लाटफर्मबाट युनाईटेड वे अफ बेन्ग्लुरुनामक एनजीओसँग मिलेर अभियान सुरु गरेका हुन् । यस अभियानबाट ७ करोड संकलन गर्ने लक्ष्य रहेको बताईएको छ ।

उक्त अभियानकै लागि कोहली दम्पतीले २ करोड दिने घोषणा गरेका हुन् । उनीहरुले कोभिड कोषमा सबैसँग सहयोग जुटाएर सात करोड पु¥याएर हस्तान्तरण गर्ने जनाएको छ ।