कुखुराको मासुको अवैध आयात

४० लाख मूल्यको अखाद्य मासु र माछा वाइसियल चितवनद्वारा नियन्त्रण ,भन्सार प्रमुख भन्छन् मेरो संलग्नता छैन (भिडियो)

सोमबार, १९ चैत्र २०७४, १३ : ०२


चितवन । अबैद्य रुपमा भरतबाट नेपाल भित्राईएको ठुलो परिमाणको कुखुराको मासु र माछा वाइसियल चितवनले आईतबार राती रामनगरबाट नियन्त्रणमा लिएको छ । राती १ बजेको समयमा गोप्य सुचनाको आधारमा भारतीय ट्रकमा प्याकिङ गरेर काठमाण्डौ तर्फ लैजादै गरेको अवस्थामा वाईसियल चितवनले नियन्त्रणमा लिई चितवन प्रहरीलाई बुझाएको छ । करिब ४० लाख मूल्य बराबरको अखाद्यय कुखुराको मासु र माछा युपि ७० बिटि १७७६ नम्बरको ट्रकको अघिल्लो भागमा केराऊ,चिप्सहरुले माछा र मासुलाई पछिल्लो भागमा पुरेर ल्याईएको थियो । 
नेपालको भैरहवा नाकाबाट १० टन माछा मासु जगत सप्लार्यसको नामबाट भन्सार पास भएर नेपाल भित्रएको कागजातबाट खुल्न आएको छ । 


नेपाल कुखुरा पालक सघंको केन्द्रिय अध्यक्ष झलक पौडेलले भैरहवा भन्सारका प्रमुख भुपाल मान शाक्य र प्रहरी प्रशासनको मिलेमतोमा नेपाल भित्राईएको आरोप लगाउनुभयो । साँझ ५ बजेबाट लगतार ट्रकको पिछा गर्दै आएपनि रामनगरमा आएर नियन्त्रणमा लिन सफल भएको पौडेलले बताउनुभयो । यस्ता अखाद्यय वस्तु नेपाल भित्रिनुले नेपालको आर्थिक तथा नेपाली जनताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ , उहाँले भन्नुभयो “हानिकारक राज्यले पोल्ट्रीजन्य वस्तु नेपाल भित्रिनु स्वदेशी किसानको लागि दुखद भएको उहाँको भनाई छ ।
यता भैरहवा भन्सारका प्रमुख भुपालमान शाक्यले चेकिङमा रहेका कर्मचारीले बदमासी कारण ट्रक नेपाल भित्रिएको बताउनुभयो । घटनमा संलघनलाई कारबाहका लागि अहिले छानबिन भईरहेको सफल खबरलाई जानकारी दिनुभयो । बड फ्लु भारतमा देखिएकाले कुखुराको मासु नेपाल ल्याउनलाई प्रतिबन्ध नै गरिए पनि चेकिङका क्रममा केहि कर्मचारीहरुले बदमासी गरेकाले यस्तो हुन पुगेको बताउनुभयो ।


माछा मासुको पशु करेनटाईनले जाचँ गर्नुपर्ने पशु स्वास्थ्य ऐनमा व्यवस्था भएपनि विरुवा तथा तरकारी जाचँ गर्ने करेन्टाईनबाट सिफारिस भई भन्सार पास भएको ह्याचरी सघंको केन्द्रिय अध्यक्ष टिक प्रसाद पोखरेलले बताउनुभयो । यो सबै प्रकृयाबाट भन्सार पास गराएकाले भन्सारको प्रष्टसगँ मिलेमतोमा सामान भित्रिएको उहाँले अरोप लगाउनुभयो । 
वाइसियल चितवनका इन्चार्ज मधु न्यौपाने भारतमा बड फ्लु देखिएको समयमा भारतमै गाड्नुपर्ने अवस्था रहेको बताउनुभयो । अहिले भारतमा कुखुराको मासु मुल्य प्रति केजी ५८ रुपैया भारु भएको अवस्थामा यसरी अखाद्य पोल्ट्रीजन्य वस्तु नेपाल भित्रिनु नेपाली जनताको स्वास्थ्यमा गभिम्र खेलवाड भईरहेको आरोप लगाउनुभयो । 
 

प्रतिक्रिया दिनुहोस