सेवा विस्तारका लागि सक्रियता देखाउँदै यातायात व्यवस्था सेवा कार्यालय भरतपुर

प्रकाश सिग्देल

शुक्रबार, २४ बैशाख २०७८, १६ : १८
सेवा विस्तारका लागि सक्रियता देखाउँदै यातायात व्यवस्था सेवा कार्यालय भरतपुर

चितवन । यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले नयाँ लाईसेन्स जारी गर्ने बाहेकका सबै सेवा सञ्चालन गर्ने अनुमति पाएपछि सबै भन्सार कार्यालय र यातायात व्यवस्था कार्यालयलाई सेवा विस्तारको जानकारी सहितको पत्र पठाएको छ ।

भन्सार पास भएर आउने सवारीहरुको दर्ता अब चितवनबाटै हुने भएपछि चितवन र यस नजिकका जिल्लाका लागि आउने सवारीसाधन अव चितवनबाट नै दर्ता गर्न मिल्ने हुँदा भन्सार कार्यालयहरुलाई सवारी दर्ता चितवन सिफारिस गर्न आग्रह सहितको जानकारी पत्र पठाएको कार्यालय प्रमुख सुवास उप्रेतीले बताए ।

अव चितवन आउने सवारी साधन विरगञ्ज यातायातमा दर्ता गर्नु पर्ने बाध्यता नहुने र भन्सारले चितवनमा दर्ता गर्ने उल्लेख गरेपछि चितवनमा नै दर्ता गर्न सकिने उनको भनाई छ ।

भौतिक पुर्वाधार विकास मन्त्रालय वागमती प्रदेश हेटौँडा मकवानपुरको २०७८ बैशाख १२ गतेको प्रत्र अनुसार कार्यालय कोड ०६ कायम भई कार्यालयलाई सवारी दर्ता, नामसारी, प्रतिलिपि लगाएतका सम्पुर्ण कार्य बिस्तार भएको पत्र आएको र सोही पत्रका आधारमा अहिले बाँकि प्रक्रिया अगाडी बढेको कार्यालयका सुचना अधिकारी गोविन्द पौडेलले बताए । आफनै संरचना निमार्ण भएपछि लाईसेन्स सहितको सेवा पनि प्राप्त हुने उनले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस