काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको उपचुनावमा गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाएको छ । बाग्मती प्रदेशको राजधानी हेटौंडामा शुक्रवार राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारी दर्ता गराएपछि गृहमन्त्री थापाले राष्ट्रिय सभा सदस्यमा आफ्नो विजय सुनिश्चित रहेको दाबी गरेका छन् । पत्रकारहरूसँग कुरा गर्दै थापाले आफ्नो विजय सुनिश्चित रहेको बताएका हुन् ।
‘राष्ट्रिय सभाको रिक्त पदमा मेरो उम्मेदवारी भर्खरै दर्ता गरेको छु । बाग्मती प्रदेशमा रहेका ९ हजार ५ सय ६४ मतमध्ये हाम्रो पार्टीको पक्षमा ५ हजार १ सय ३० मत छ । यो मतले नै के स्पष्ट गरेको छ भने मेरो विजय सुनिश्चित छ,’ गृहमन्त्री थापाले भने ।
एमाले बाग्मती प्रदेश कमिटीका इञ्चार्ज समेत रहेका थापाले स्वतन्त्र उम्मेदवारलाई पार्टीले समर्थन गर्ने कुरा हल्ला मात्र रहेको दाबी गरे ।
पार्टीको एउटा पक्षले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने चर्चा छ नि भनेर सोधिएको प्रश्नमा गृहमन्त्री थापाले भने, ‘त्यो हल्ला मात्र हो, त्यस्तो सम्भावना हामीले देखेका छैनौं ।’
माओवादी केन्द्रको प्रस्ताव र कांग्रेसको समर्थनमा माधव नेपाल पक्षीय खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ बैशाख २०७८, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन, १३ जना मतदान गर्न नपाउने
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकियो
संघीयताबारे छलफल गर्न राष्ट्रिय सभा सदस्यहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा