देवकोटाले गराए राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, १२ : ३६
देवकोटाले गराए राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता

काठमाडौं । जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि विपक्षी गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

बाग्मती प्रदेश सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रस्तावक र नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घले समर्थक रहनेगरी उम्मेदवारी मनोनयन दर्ता गराइएको हो ।

नेकपा एमाले माधव नेपाल पक्ष निकट मानिने देवकोटा कांग्रेस, माओवादी र जसपा (उपेन्द्र-बाबुराम पक्ष)का साझा उम्मेदवार हुन् ।

एमालेभित्र सहमति जुटाउने र साझा उम्मेदवार उठाउने प्रयासले सार्थकता पाउन नसकेपछि माधव नेपाल पक्षले विपक्षी गठबन्धनसँग मिलेर उम्मेदवारी दिएको हो ।

यससँगै एमालेले भने रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भएको छ । बादललाई माओवादी केन्द्रले पदमुक्त गराएपछि उपनिर्वाचन हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस