काठमाडौं । जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि विपक्षी गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
बाग्मती प्रदेश सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रस्तावक र नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घले समर्थक रहनेगरी उम्मेदवारी मनोनयन दर्ता गराइएको हो ।
नेकपा एमाले माधव नेपाल पक्ष निकट मानिने देवकोटा कांग्रेस, माओवादी र जसपा (उपेन्द्र-बाबुराम पक्ष)का साझा उम्मेदवार हुन् ।
एमालेभित्र सहमति जुटाउने र साझा उम्मेदवार उठाउने प्रयासले सार्थकता पाउन नसकेपछि माधव नेपाल पक्षले विपक्षी गठबन्धनसँग मिलेर उम्मेदवारी दिएको हो ।
यससँगै एमालेले भने रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भएको छ । बादललाई माओवादी केन्द्रले पदमुक्त गराएपछि उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ बैशाख २०७८, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन, १३ जना मतदान गर्न नपाउने
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकियो
संघीयताबारे छलफल गर्न राष्ट्रिय सभा सदस्यहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा