नेपाल सुपर लिग : ललितपुर सिटी एफसीको जित

सफल खबर संवाददाता

विहीबार, २३ बैशाख २०७८, १८ : ४५
नेपाल सुपर लिग : ललितपुर सिटी एफसीको जित

काठमाडौँ । लगातार खराब प्रदर्शनपछि आफ्ना मुख्य प्रशिक्षक प्रदीप हुमागाईलाई बर्खास्त गरेको ललितपुर सिटी एफसीले बिहीबार नेपाल सुपर लिगमा पहिलो जित निकालेको छ । प्रशिक्षकका रूपमा ललितपुरको जिम्मेवारी राजु तामाङले सम्हाले र टिमलाई जित पनि दिलाए ।

दशरथ रंगशालामा भएको खेलमा नुर्लान जाहिदले हेडबाट पाँचौं मिनेटमा गोल गरे र यो नै अन्तमा निर्णायक सावित भयो । यो जितपछि ललितपुरको शीर्ष चारको सम्भावना कायम रह्यो ।

लतिलपुरको पाँचौ खेलपछि छ अंक भएको छ र चौथो स्थानमा उक्लेको छ । ललितपुरको भाग्य अब उसको खेलमा मात्र भने निर्भर हुने छैन्, अन्य टिमको प्रदर्शनले पनि फरक पार्नेछ ।

बुटवल लुम्बिनी भने लगातार दोस्रो हारपछि पाँच अंकमै सीमित रह्यो र पुछारबाट दोस्रो स्थानमा रह्यो । पहिलो खेल जितेयता बुटवल लुम्बिनी पनि तीन अंकका लागि संघर्षरत छ र उसको शीर्ष चारको सम्भावना कमजोर भएको छ ।


 

प्रतिक्रिया दिनुहोस