काठमाडौं । गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने महाधिवेशनको लागि प्रतिनिधी चयन सुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्मा विहिवार एक परिपत्र गर्दै पहिलो चरणमा संघका राष्ट्रिय समितिबाट छानिने ६५ प्रतिशत प्रतिनिधीहरु छनोट प्रकृया सुरु भएको जनाएका हुन् ।
संघको गत जनवरी महिनाको अन्तिम साता सम्पन्न विशेष महाधिवेशनद्धारा संसोधित विधानले संघका संरक्षक, सल्लाहकार, राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व पदाधिकारी र सदस्यहरुका लागि अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि बन्न सक्ने विशेष व्यवस्था गरेको छ । संघको वैधानिक व्यवस्था अनुरुप राष्ट्रिय समन्वय परिषद्बाट छनोट हुने प्रतिनिधिमध्ये ६५ प्रतिशत राष्ट्रिय समितिको लागि छुट्याइएको डा. शर्माले जनाए ।
संघको राष्ट्रिय महाधिवेशनबाट छनोट भएका प्रतिनिधिले मात्र आगामी महाधिवेशनमा उम्मेदवार हुन र मतदानमा भाग लिन पाउने प्रावधान रहेको छ ।
संघले आगामी अक्टोबर, २०२१ मा हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी चयनका लागि हुने निर्वाचनको मतदानमा सहभागी हुन चाहानु हुनेहरुले आफ्नो पञ्जिकृत सदस्यता नविकरण एवं प्रतिनिधि बन्नको लागि आफ्नो नाम राष्ट्रिय समन्वय परिषदमा दर्ता गराउनु आग्रह गरेको छ ।
यसअघि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले ६५ प्रतिनिधिको फारम खुलाई सकेको संघले जनाएको छ ।
संघको संशोधित विधान २०२१ को दफा १३.७ र अनूसुची ६ क मा महाधिवेशन प्रतिनिधिहरुको छनोट प्रक्रिया सुरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ बैशाख २०७८, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा