लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि जेठ १७ गते उपनिर्वाचन

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, १८ : ५४
लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि जेठ १७ गते उपनिर्वाचन

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि जेठ १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको छ ।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्का पार्टी छाडेपछि उनको ठाउँमा उपनिर्वाचन हुन लागेको निर्वाचन आयोगले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस