अफ्रिकी मुलुक मालीमा एक महिलाले एक पटकमै जन्माइन् ९ बच्चा

एजेन्सी

बुधबार, २२ बैशाख २०७८, ११ : ३७
अफ्रिकी मुलुक मालीमा एक महिलाले एक पटकमै जन्माइन् ९ बच्चा

सांकेतिक तस्वीर

एजेन्सी । अफ्रिकी मुलुक मालीमा एक महिलाले एकै पटकमा नौ बच्चालाई जन्म दिएकी छिन् । मालीको स्वास्थ्य मन्त्रालयले  २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उल्लेख गरेकी छन् । सिसेको मंगलबार शल्यक्रिया गरिएको थियो । 

डाक्टरहरूले उनलाई विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरोक्को पठाएका थिए ।

मालीको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ। उनीहरू केही साता अस्पतालमै उपचार हुने र पछि मात्रै घर फर्किन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस