एकता प्रक्रिया लम्बिने संकेतः कहाँ मिलेन कुरा ?

सोमबार, १९ चैत्र २०७४, ०८ : ११
एकता प्रक्रिया लम्बिने संकेतः कहाँ मिलेन कुरा ?

काठमाडौं । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सांगठनिक भागबन्डाका विषयमा कुरा नमिल्दा अड्किएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात लेलिन जयन्ती (वैशाख ९ गते) का दिन एकता घोषणा तयारी गरिरहेका दुई दलबीच संगठनमा भागबन्डा अनुपात नमिल्दा प्रक्रिया थप लम्बिने संकेत देखिएको छ ।
माओवादी केन्द्रले बराबरी हैसियतमा पार्टी एकता र सांगठनिक भागबन्डा हुनुपर्ने विषय उठाएको छ ।
तर, एमाले त्यसमा सकारात्मक देखिएको छैन । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।
समाचारमा लेखिएको छ, एमालेले प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव परिणाम हैसियतमा पार्टी सांगठनिक भागबन्डा हुनेगरी एकता चाहेको छ ।

प्रतिक्रिया दिनुहोस