काठमाडौं । कोरोना संक्रमण भएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई साताका लागि बिदा लिएको बताएका छन् । होम आइसोलेसनमा रहेका प्रवक्ता शर्माले पार्टीको जिम्मेवारीबाट अलग रहेको बताउँदै स्वस्थ भएर छिट्टै नै पूर्ण जाँगरसहित मैदानमा फर्कने बताएका हुन् ।
प्रवक्ता शर्माले अस्वस्थताका कारण प्रवक्ताको सक्रिय जिम्मेवारीबाट टाढा रहनुपरेकोमा क्षमा याचना गर्दै स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छुकमा धन्यवाद दिएका छन् ।
उनले ट्वीट गरेका छन्, ‘अस्वस्थताका कारण दुइ साताका लागि प्रवक्ताको सक्रिय जिम्मेवारीबाट बिदा लिएको छु ! मिडिया, पार्टी र शुभचिन्तकहरुसँग क्षमा चाहन्छु ! ’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ बैशाख २०७८, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा